आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

अनलाइनसमय |
१६ जेठ २०८२
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, १६ जेठ । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

मत्स्येन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेबारेको सूचना २०८१ फागुन १५ गतेको राजपत्रमा सूचना प्रकाशित भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस