हालसम्मकै छिटो नेपाल भित्रियो मनसुन

अनलाइनसमय |
१६ जेठ २०८२
हालसम्मकै छिटो नेपाल भित्रियो मनसुन

काठमाडौं, १६ जेठ । यो वर्षको मनसुन गएराति (जेठ १५)देखि नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन आगमन बुलेटिन जारी गर्दै मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा विस्ताव भइसकेको जनाएको छ ।

मनसुन भित्रिएसँगै कोसीका अधिकांश ठाउँमा मनसुनी वर्षा पनि सुरु भएको महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ गते हो । यसवर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको हो ।
नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने महाशाखाले जनाएको छ। हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत छ ।

यसपालिको मनसुनमा देशभर सरदरभन्दा बढी वर्षा हुने र त्यसमा पनि कर्णाली, लुम्बिनी र गण्डकीमा अझ धेरै वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ ।

त्यसैगरि विपत् व्यवस्थापन प्राधिकरणले पनि आगामी मनसुनजन्य विपद्बाट करिब २० लाख जनसङ्ख्या प्रभावित हुने प्रक्षेपण गरेको छ ।

May be an image of map and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस