स्वास्थ्य बीमा बोर्डमा १८० मेडिकल अधिकृतको माग

अनलाइनसमय |
१८ जेठ २०८२
स्वास्थ्य बीमा बोर्डमा १८० मेडिकल अधिकृतको माग

काठमाडौं, १८ जेठ । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गर्दै १८० मेडिकल अधिकृत ९० दिनका लागि मागेको हो ।

सूचनाअनुसार मेडिकल अधिकृतमा दरखास्त दिन चाहने उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट एम.बि.बि.एस. उत्तीर्ण गरेको र नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने छ । त्यस्तै आवेदक नेपाली नागरिक हुनुपर्ने र उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका चिकित्सकले ७ दिन भित्र आवेदन दिन बोर्डले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस