काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थापालई राजावादी प्रदर्शनको क्रममा नक्सालबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।
नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन’ समितिले राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायत माग राखेर जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ ।