प्रधानमन्त्रीद्धारा मधेश प्रदेशका ६४ सडक एकैसाथ शिलान्यास

अनलाइनसमय |
१८ जेठ २०८२
प्रधानमन्त्रीद्धारा मधेश प्रदेशका ६४ सडक एकैसाथ शिलान्यास

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ वटा सडकको आइतबार एकैसाथ शिलान्यास गरेका छन् ।

मधेश प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ कार्यत्रमअन्तर्गत प्रधानमन्त्री ओलीले ६४ सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका हुन् ।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्क्रालयद्वारा आयोजित कार्यत्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस