तोलामा एक हजारले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१९ जेठ २०८२
तोलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं, १९ जेठ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस