झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं : प्रधानमन्त्री

अनलाइनसमय |
१९ जेठ २०८२
झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं : प्रधानमन्त्री

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अंगाल्न नछोड्न आह्वान गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकककम एक स्टाटस लेख्दै सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन अपिल गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु प¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं ।’

ओलीले ‘म झोले हो’ लेखिएको पोस्टर पनि सार्वजनिक गरेका छन् । दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस