यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

अनलाइनसमय |
१९ जेठ २०८२
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

काठमाडौं, १९ जेठ । सरकार र यातायात व्यवसायीबीच वार्ताका लागि समिति बनाइएको छ ।

सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको हो ।

गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस