काठमाडौं, २० जेठ । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार नौ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।