कालोसूचीमा परे २ विदेशीसहित ३ ठूला निर्माण कम्पनी

अनलाइनसमय |
२० जेठ २०८२
कालोसूचीमा परे २ विदेशीसहित ३ ठूला निर्माण कम्पनी

काठमाडौं, २० जेठ । तीन ओटा निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई ओटा विदेशी र एउटा नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सोमबारको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच–एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका छन् ।

मरुशिन र पीएच–एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस