काठमाडौं, २१ जेठ । सरकारका पछिल्ला दुई मन्त्रिपरिषद् बैठक-जेठ १५ र १९ गते गरी कुल १४ ओटा निर्णयहरू सार्वजनिक गरेका छन् ।
विभिन्न कानुनी विधेयकको सिद्धान्त स्वीकृति, सरकारी पदाधिकारीहरूको विदेश भ्रमण अनुमति र संस्थागत व्यवस्थासम्बन्धी निर्णयहरू समावेश रहेका यी निर्णयहरूका बारेमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

