निरन्तर तेस्रो कारोबार दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
२२ जेठ २०८२
निरन्तर तेस्रो कारोबार दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं, २२ जेठ । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ४९ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ४१ दशमलव ४६ को बिन्दुमा बन्द भएको छ । बुधबार ११.९७ अङ्कले घटेको नेप्से २, ६४६ दशमलव ९५ को बिन्दुमा कायम भएको थियो । मंगलबार पनि नेप्से ३५.०७ अङ्कले घटेको थियो ।

अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ । आज १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार ३११ धितोपत्र कारोबारमा आए, जसमध्ये १५३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९४ धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये हाइड्रोपावर र लगानी समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा धेरै १.५३ प्रतिशतले घटेको छ । त्यस्तै उत्पादनमूलक समूहको उपसूचक १.०९, जीवन बीमाको ०.५८, बैंकिङ समूहको ०.३६, होटल एन्ड टुरिजमको ०.३४, माइक्रोफाइनान्सको ०.३३, फाइनान्सको ०.२६, म्युचुअल फन्ड र निर्जीवन बीमाको समान ०.२३, विकास बैंकको ०.२० र अन्य समूहको उपसूचक ०.४६ प्रतिशतले घटेको छ ।

यस दिन हाइड्रोपावर समूहको उपसूचक १.२४ र लगानी समूहको उपसूचक ०.०१ प्रतिशतले बढेको छ ।

बिहीबार रिभर फल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै बुटवल पावर कम्पनी र पियोर इनर्जीको समान ९.९८, बरुण हाइड्रोपावरको ९.९७, सप्तकोशी डिभलपमेन्ट बैंकको ९.५०, रादी विद्युत कम्पनीको ७.५६ र एशियन हाइड्रोपावरको ७.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ । त्यस्तै ग्रीन डिभलपमेन्ट बैंकको ३.९०, सुपर माई हाइड्रोपावरको ३.५५ र जनउत्थान सामुदायिक लघुवित्तको ३.४७ प्रतिशतले शेयर मुल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस