काठमाडौं, २३ जेठ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत घिमिरेलाई नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न प्रहरी प्रवक्ता तोकिएको नेपाल प्रहरी सचिवालयले जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।
साथै सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह–प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको प्रहरीको सचिवालयले जनाएको छ ।
