प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित

अनलाइनसमय |
२३ जेठ २०८२
प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसोसम्मलाई स्थगित गरिएको छ । आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतबार दिउँसो १ बजेसम्मलाई सूचना टाँस गरेर स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समितिलाई बटमलाइन बनाएका छन् ।

बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् । तर, सहमति भने जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस