८.५६ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
२५ जेठ २०८२
८.५६ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं, २५ जेठ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ५६ अङ्कले घटेर दुई हजार ६३२ दशमलव ४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ७४ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १६२ को घटेको छ । यसदिन कुल ३१३ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ समूहको उपसूचकमध्ये ९ को उपसूचक घटेको छ भने ४ समूहको उपसूचक बढेको छ । हाइड्रोपावर १ दशमलव २४, होटेल तथा पर्यटन शून्य दशमलव २७, लगानी शून्य दशमलव ०२ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ । यसदिन बैंकिङ शून्य दशमलव ९९, अन्य शून्य दशमलव ९२, निर्जीवन बीमा शून्य दशमलव ८८, फाइनान्स शून्य दशमलव ८६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, जीवन बीमा शून्य दशमलव ६५, माइक्रोफाइनान्स शून्य दशमलव ६४, विकास बैंक शून्य दशमलव १४ र म्युचुअल फण्ड ०५ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिभर फल्स पावर र पियर इनर्जी रहेका छन् । यस्तै छ्याङ्दी हाइड्रोपावर ८ दशमलव ५७ र हिमालयन पावर पार्टनरको शेयर मूल्य ८ दशमलव ०३ प्रतिशतले बढेको छ ।

आज ओम मेगाश्री र नेपाल माइक्रो इन्सुरेन्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त ८ दशमलव २८, क्रेष्ट माइक्रो नाइफ इन्सुरेन्स ७ दशमलव ७३ र उपकार लघुवित्तको शेयर मूल्य ७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस