आज यी ठाउँमा वर्षाको सम्भावना

अनलाइनसमय |
२७ जेठ २०८२
आज यी ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, २७ जेठ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा वर्षा गराउने प्रणाली विकसीत भई दक्षिण–पूर्व दिशामा फैलिरहेको विभागले बताएको छ । सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम पानी र एक–दुई स्थानमा भारी पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भिागले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस