काठमाडौं, २७ जेठ । प्रहरीले काठमाडौंको टोखामा लागूऔषध कारोबारीलाई नियन्त्रण्मा लिन गोली चलाएको छ ।
मंगलबार टोखामा रहेको ग्रान्डी अस्पताल नजिकै प्रहरी निरीक्षक राकेश यादव नेतृत्वको टोलीले गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना घाइते भएका छन् ।
उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको प्रहरीले जनाएको छ ।