५४ प्रतिशतले बढ्यो डिजिटल भुक्तानी, वैशाखमा पौने ८२ खर्बको कारोबार

अनलाइनसमय |
२८ जेठ २०८२
५४ प्रतिशतले बढ्यो डिजिटल भुक्तानी, वैशाखमा पौने ८२ खर्बको कारोबार

काठमाडौं, २८ जेठ । चालू अर्थिक वर्ष (आव)को वैशाखमा डिजिटल माध्यममार्फत करिब पौने ८२ खर्ब रुपैयाँ भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वैशाखमा ८१ खर्ब ७३ अर्ब ८५ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ५३ दशमलव ९७ प्रतिशत बढी हो । सो आवको वैशाखमा ५३ खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।

गत वैशाखमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ६१ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ कारोबार भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ७० दशमलव ६४ प्रतिशत बढी हो । गतवर्ष ३५ खर्ब ७९ अर्ब ७८ करोड रुपैयाँ भएको थियो । यसपछि इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ५ खर्ब २० अर्ब ३३ करोड, फास्टर पेमेन्ट सिस्टमबाट ४ खर्ब ७२ अर्ब ६६ करोड र मोबाइल बैंकिङबाट ४ खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी भएको छ ।

कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोड)मा


स्रोत : नेपाल राष्ट्र बैंक
चालू आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि वैशाखसम्ममा १ अर्ब ३२ करोड १९ लाखको भुक्तानी भएको तथ्यांक छ । यस प्रणालीबाट असोजमा १३ करोड ९० लाख, कात्तिकमा १५ करोड ६० लाख, मंसिरमा १९ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको थियो भने पुसमा ३१ करोड ४० लाख, माघमा २६ करोड र फागुनमा २० करोड ५० लाख, चैतमा २५ करोड २० लाख र वैशाखमा २९ करोड ७० लाख रुपैयाँको भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस