सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२८ जेठ २०८२
सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८जेठ । नेपाली बजारमा तीत दिन यता लागातार घटिरहेको सुनको मूल्य आज भने बढेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस