काठमाडौं, २८ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ बिन्दुमा कायम भएको हो ।
आज २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन १० अर्ब १६ करोड ९ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ७७ धितोपत्रको शेयर मूल्य बढ्दा १७० को घटेको छ । यस्तै एक धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३०७ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये ११ को उपसूचक घटेको छ भने हाइड्रोपावर १ दशमलव १७ प्रतिशतले बढेको छ । यसदिन व्यापार १ दशमलव ७५, अन्य १ दशमलव ७३, फाइनान्स १ दशमलव ३५, होटेल तथा पर्यटन १ दशमलव १२, लगानी शून्य दशमलव ९५, जीवन बीमा शून्य दशमलव ७८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५९, माइक्रोफाइनान्स शून्य दशमलव २७, बैंकिङ शून्य दशमलव ३८, विकास बैंक शून्य दशमलव ७ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।
यसैगरी म्युचुअल फण्ड स्थिर रहेको छ ।
यसदिन तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पियोर इनर्जी, सिनर्जी पावर डेभलपमेण्ट र बुटवल पावर रहेका छन् रिभर फल्स पावर७ दशमलव ९४ र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य ६ दशमलव ०८ प्रतिशतले बढेको छ ।
यस्तै सप्तकोशी डेभलपमेण्ट बैंक ५ दशमलव ८९, ग्रिन डेभलपमेण्ट बैंक ४ दशमलव ७३, उन्नति सहकार्य लघुवित्त ४ दशमलव ४९ र हिमालय पावर पार्टनरको शेयर मूल्य ४ दशमलव २९ प्रतिशतले ह्रास आएको छ ।