ट्रम्पबारेका कतिपय पोस्ट हदभन्दा बढी भए : इलन मस्क

अनलाइनसमय |
२८ जेठ २०८२
ट्रम्पबारेका कतिपय पोस्ट हदभन्दा बढी भए : इलन मस्क

काठमाडौं, २९ जेठ । प्रविधि व्यवसायी तथा टेस्लाका प्रमुख इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सामाजिक सञ्जालमा गरेका केही टिप्पणीहरूबारे पछुतो व्यक्त गरेका छन् । उनले यस हप्ता सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘मैले ट्रम्पबारे अघिल्लो साता गरेका केही पोस्टहरू हदभन्दा बढी थिए, त्यसको मलाई पछुतो लागेको छ ।’

गत साता मस्क र ट्रम्पबीचको सम्बन्ध खुलस्त रूपमा चिसिएको थियो । दुवैले आफ्ना सामाजिक सञ्जालमार्फत एकअर्कामाथि तीखा टिप्पणी गरेका थिए । केही समय अघिसम्म मस्क ट्रम्पको सरकारको प्रमुख सहयोगी थिए र सरकारी खर्च कटौती तथा कर्मचारी कटौती अभियानको नेतृत्व समेत गरेका थिए ।

मस्कले ट्रम्पको कर नीति र आन्तरिक नीति सम्बन्धी नयाँ विधेयकलाई ‘घिनलाग्दो र सरकारी अर्थतन्त्रका लागि घातक’ भनेर आलोचना गरेपछि उनीहरूबीचको समबन्ध चिसिएको थियो । उनले ट्रम्प र रिपब्लिकन नेताहरूका पुराना भनाइहरूसमेत सार्वजनिक गर्दै अमेरिकी बजेट घाटा र खर्चबारे चिन्ता व्यक्त गरे ।

मस्कले पछुतो व्यक्त गरेपछि टेस्लाको शेयर मूल्य जर्मनीको फ्र्याङ्कफर्टमा २.५ प्रतिशतले उकालो लागेको देखिएको छ । सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस