गण्डकी प्रदेशको उद्योग क्षमता उपयोग ४१ प्रतिशत

अनलाइनसमय |
२९ जेठ २०८२
गण्डकी प्रदेशको उद्योग क्षमता उपयोग ४१ प्रतिशत

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग करिब ४१ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ४० दशमलव ८५ प्रतिशत रहेको छ, जुन आर्थिक वर्ष २०८०/८१ को यसै अवधिको तुलनामा शून्य दशमलव ४१ प्रतिशत बिन्दुले कमी हो । सो वर्ष औसत क्षमता उपयोग ४१ दशमलव २६ प्रतिशत थियो ।

यस प्रदेशमा औसत क्षमता उपयोगभन्दा बढी उत्पादन क्षमता भएका उद्योगमा वियर, बिस्कुट, चुरोट, प्रशोधित दुध, तोरीको तेल, लिक्विड औषधी र चकलेटका उद्योग रहेका छन् । औसतभन्दा कम क्षमता उपयोग भएकामा सिमेन्ट उद्योग, क्याप्सुल औषधी, चाउचाउ, ट्याब्लेट औषधी, ईटा उद्योग ओइन्टमेन्ट औषधी र ड्राई सिरप औषधीका उद्योग रहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ओइन्टमेन्ट औषधी ७९ दशमलव ४७, चाउचाउ ४५ दशमलव २२, वियर ४३ दशमलव ०३, ड्राई सिरप औषधी ९ दशमलव ७२, चुरोट, तोरीको तेल ५ दशमलव ०७ र प्रशोधित दुधको उत्पादनमा ४ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा क्यापसुल औषधी ३० दशमलव ३, ईट्टा २३ दशमलव ३, ट्याब्लेट औषधी ११ दशमलव ४९, चकलेट ११ दशमलव ४५, सिमेन्ट १० दशमलव २७, लिक्विड औषधी ८ दशमलव ९ र विस्कुटको उत्पादन ५ दशमलव १७ प्रतिशतले कमी आएको छ ।

क्षेत्रगत औद्योगिक कर्जा
समीक्षा अवधिमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जामा २ दशमलव ३ प्रतिशतले घटेर २८ अर्व ६२ करोड रुपैयाँ रहेको छ । गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा ८ दशमलव १८ प्रतिशत रहेको छ ।

उक्त कर्जामध्ये सबैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उपशीर्षकमा ८ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ३० दशमलव २२ प्रतिशत रहेको छ ।

यसैगरी कृषि वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उपशीर्षकमा ८ अर्ब ५० करोड अर्थात् २९ दशमलव ७२, निर्माण उपशीर्षकमा ८ अर्ब १६ करोड अर्थात् २८ दशमलव ५३, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उत्पादन सम्बन्धी उपशीर्षकमा २ अर्ब ५७ करोड अर्थात् ८ दशमलव ९९ प्रतिशत कर्जा लगानी रहेको छ भने विद्युत, ग्यास तथा पानी उत्पादन सम्बन्धी उपशीर्षकमा ४८ करोड अर्थात् १ दशमलव ६९ र खानी सम्बन्धी उत्पादन सम्बन्धी उपशीर्षकमा २४ करोड अर्थात् शून्य दशमलव ८५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस