भूमिहीन–सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आयोगको आह्वान (सूचनासहित)

अनलाइनसमय |
२९ जेठ २०८२
भूमिहीन–सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आयोगको आह्वान (सूचनासहित)

काठमाडौं, २९ जेठ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि निवेदन आह्वान गरेको छ ।

आयोगले बिहीबार पुनः सूचना प्रकाशित गर्दै आजदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको हो ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनको लागि आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी जेठ २९ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका जोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’

आयागले यसअघि वैशाख ३१ गते यो सूचना प्रकाशित गरेको थियो ।

हेर्नुहोस् सूचना : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस