२४२ जना यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना

अनलाइनसमय |
२९ जेठ २०८२
२४२ जना यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना

काठमाडौं, २९ जेठ । भारतको गुजरातस्थित अहमदाबादको मेघानीनगर क्षेत्रमा एयर इन्डियाको एक विमान दुर्घटना भएको छ । २४२ जना यात्रु सवार उक्त विमान बिहीबार दिउँसो दुर्घटना भएको हिन्दुस्तानले जनाएको हो ।

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विमान एआई १७१, अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ जाँदै थियो, आज १२ जुन २०२५ मा यो विमान एक दुर्घटनामा परेको छ ।’

एयर इन्डियाले घटनाको विस्तृत जानकारी संकलन भइरहेको जनाएको छ ।

पीटीआई समाचार एजेन्सीले सार्वजनिक गरेका तस्बिरहरूमा विमानस्थल नजिकै बाक्लो कालो धुवाँ आकाशतर्फ उडिरहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस