काठमाडौं, २९ जेठ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६५५ दशमलव ३८ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ९ अर्ब ९० करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ९९ धितोपत्रको शेयर मूल्य बढ्दा १४९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये ९ को उपसूचक घटेको छ भने ४ समूहको उपसूचक मात्र बढेको छ ।
यसदिन होटेल तथा पर्यटन २ दशमलव ४४, फाइनान्स शून्य दशमलव ८६, हाइड्रोपावर ३२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।
व्यापार १ दशमलव ०८, विकास बैंक शून्य दशमलव ९२, निर्जीवन बीमा शून्य दशमलव ५६, जीवन बीमा शून्य दशमलव ५४, बैंकिङ शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, माइक्रोफाइनान्स शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३२ र अन्य समूहको उपसूचक २८ प्रतिशतले घटेको छ ।
आज पियोर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै चन्द्रगिरी हिल्स ६ दशमलव ९१, तेह्रथुम पावर ६ दशमलव १७, रसुवागढि हाइड्रोपावर ५ दशमलव ४७ र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव १३ प्रतिशतले बढेको छ ।
यसदिन गुराँस लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसैगरी रिभर फल्स पावर७ दशमलव ११, कर्पोरेट डेभलपमेण्ट बैंक ५ दशमलव ४७, नेपाल माइक्रो इन्सुरेन्स ५ दशमलव ४६ र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ५ दशमलव ०१ प्रतिशतले ह्रास आएको छ ।