काठमाडौं, २९ जेठ । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् ।
बिहीबार नयाँ बानेश्वरको संसद भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाउने निष्कर्ष निकालेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
विपक्षी दलको बैठकपछि प्रचण्डले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । त्यसअघि नेकपा एसका अध्यक्ष माधव नेपालसँग बेग्लै भेटेका थिए । दलहरु छलफलमा जुट्दा ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै अनिश्चित छ ।
गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन् ।
सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा प्रतनिधिसभा चल्न सकेको छैन ।