अहमदाबाद विमान दुर्घटनाः १६९ भारतीय, ५३ बेलायती नागरिक सवार रहेको पुष्टि

अनलाइनसमय |
२९ जेठ २०८२
अहमदाबाद विमान दुर्घटनाः १६९ भारतीय, ५३ बेलायती नागरिक सवार रहेको पुष्टि

काठमाडौं, २९ जेठ । एयर इन्डियाको लन्डन ग्याटविकतर्फ उडान भरेको एआई१७१ नम्बरको विमान आज दिउँसो अहमदाबाद विमानस्थलबाट उडेको केही मिनेटमै दुर्घटना भएको छ । एयर इन्डियाले जारी गरेको पछिल्लो विवरणअनुसार उक्त विमानमा २ जना पाइलटसहित क्याबिन क्रूका १० सदस्य र २३० यात्रु गरी २४२ जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, ७ जना पोर्चुगल तथा १ जना क्यानाडेली नागरिक सवार रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । दुर्घटनापछि घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ ।

‘घटनापछि उद्धार कार्य तीव्र रूपमा भइरहेको छ, र घाइतेको उपचारमा कुनै कसर बाँकी राखिएको छैन,’ एयर इन्डियाले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

विमान अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ उडान भरेको केहीबेरमै मेघानीनगर क्षेत्र नजिकै दुर्घटनामा परेको हो । घटनास्थलबाट बाक्लो धुवाँ उठेको दृश्य सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ । घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस