एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

अनलाइनसमय |
३० जेठ २०८२
एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं, ३० जेठ । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । थाइल्यान्डको फुकेटबाट दिल्ली आउँदै गरेको एआई ३७९ विमानमा बम रहेको हल्लापछि पुनः फुकेटमै आपतकालीन अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सो विमानमा १५६ यात्रु सवार थिए । विमान सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको सञ्चार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको भारतको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस