पहिरोका कारण देशभर पाँच सडक बन्द (सुचीसहित)

अनलाइनसमय |
१ असार २०८२
पहिरोका कारण देशभर पाँच सडक बन्द (सुचीसहित)

काठमाडौं, १ असार । वर्खा लागेसँगै सडकहरु अवरोध हुन थालेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् भने एउटा सडक एकतर्फी मात्र सञ्चालनमा छ ।

नेपाल प्रहरीले आज बिहान जारी गरेको १० बजेसम्मको अपडेटअनुसार काठमाडौं उपत्यकाको ललितपुर बागमती गाउँपालिका–६ रुम्बाडाँडामा पहिरोका कारण आश्राङदेखि गिम्दी जाने सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ ।

कोशी प्रदेशको धनकुटाको सङ्गुरीगढी गाउँपालिका–५ मा पहिरो गएकाले रवि राके भेडेटार सडक र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–८ मा पहिरोका कारण दिकेल–गाईघाट सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–१० बक्सिलामा मध्य पहाडी लोकमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।

बागमती प्रदेशको मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरोका जाँदा कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध छ भने सिन्धुपाल्चोकको सि.सि.पा. भोटेकोशी गाउँपालिका–२ कोदारीमा अरनिको राजमार्ग पनि पूर्ण रुपमा बन्द छ ।

May be an image of text
.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस