सामान्य अङ्कले बढ्योे नेप्से, सवा १३ खर्बको कारोबार

अनलाइनसमय |
२ असार २०८२
सामान्य अङ्कले बढ्योे नेप्से, सवा १३ खर्बको कारोबार

काठमाडौं, २ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ८० अङ्कले बढेर दुई हजार ६५८ दशमलव ६६ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइबार ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १२४ धितोपत्रको शेयर मूल्य बढ्दा १२४ को घटेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक ४ दशमलव ४७ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्स शून्य दशमलव ७९, निर्जीवन बीमा शून्य दशमलव ३८, जीवन बीमा शून्य दशमलव ३७, म्युचुअल फण्ड शून्य दशमलव ३५, बैंकिङ शून्य दशमलव ६ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स १ दशमलव २६, हाइड्रोपावर शून्य दशमलव ९३, व्यापार शून्य दशमलव ६८, अन्य शून्य दशमलव ३५, लगानी शून्य दशमलव २२ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पियोर इनर्जी र पिपल्स पावर रहेका छन् । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव ६४, भिजन लुम्बिनी ऊर्जा कम्पनी ६ दशमलव ८३ र सनराइज फस्ट म्युचुअल फण्डको शेयर मूल्य ६ दशमलव ०७ प्रतिशतले बढेको छ ।

आज श्री इन्भेष्टमेन्ट फाइनान्स ६ दशमलव ६३, सिनर्जी पावर डेभलपमेन्ट ४ दशमलव ६२, सानीमा मिडल तमोर हाइड्रोपावर ४ दशमलव ४४, सानीमा माइ हाइड्रोपावर ४ दशमलव ०४ र रिदी पावरको शेयर मूल्य ३ दशमलव ७८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस