आज पनि संसद्मा रास्वपा र राप्रपाको नाराबाजी, बैठक आधा घण्टासम्मका लागि स्थगित

अनलाइनसमय |
३ असार २०८२
आज पनि संसद्मा रास्वपा र राप्रपाको नाराबाजी, बैठक आधा घण्टासम्मका लागि स्थगित

काठमाडौं, ३ असार । प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए ।

बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको आरोप लगाइन् । उनले ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । उनले सचेतकले रास्वपाका सांसदहरूले आज निलो रिबन लगाएर जनाएको विरोधमा नियमापत्ति जनाए । त्यसपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस