सामान्य अङ्कले घट्योे नेप्से, कारोबार रकममा पनि ह्रास

अनलाइनसमय |
३ असार २०८२
सामान्य अङ्कले घट्योे नेप्से, कारोबार रकममा पनि ह्रास

काठमाडौं, ३ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ९० अङ्कले बढेर दुई हजार ६५४ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६४ लाख ७७५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ९९ धितोपत्रको शेयर मूल्य बढ्दा १४८ को घटेको छ । यसदिन कुल ३०६ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार १३ समूहको उपसूचकमध्ये १० को उपसूचक घटेको छ भने ३ समूहको उपसूचक बढेको छ । माइक्रोफाइनान्स १ दशमलव ११, व्यापार शून्य दशमलव ५२ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

यसदिन होटेल तथा पर्यटन १ शदमलव ७२, जीवन बीमा शून्य दशमलव ५८, फाइनान्स शून्य दशमलव ४३, म्युचुअल फण्ड शून्य दशमलव ४१, लगानी शून्य दशमलव ३९, बैंकिङ शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव १४, अन्य शून्य दशमलव ०९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

आज पियोर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै बुटवल पावर ८ दशमलव २५, सामुदायिक लघुवित्त ८ दशमलव ०७, समाज लघुवित्त ५ दशमलव ४३ र उपकार हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ०२ प्रतिशतले बढेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स ५ दशमलव ९, सिन्धु विकास बैंक ३ दशमलव ९८, नारायणी इन्भेष्टमेन्ट बैंक ३ दशमलव ९४, क्रेष्ट माइक्रो लइफ इन्सुरेन्स ३ दशमलव ३६ र मकर जितुमय सुरी हाइड्रोपावरको शेयर मूल्य ३ शदमलव ३१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस