करिब २१ सय किलो गाँजासहित दुई जना पक्राउ

अनलाइनसमय |
३ असार २०८२
करिब २१ सय किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं, ३ असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस