इरानी सर्वोच्च नेताको चेतावनी : ‘युद्ध सुरु भयो’

अनलाइनसमय |
४ असार २०८२
इरानी सर्वोच्च नेताको चेतावनी : ‘युद्ध सुरु भयो’

काठमाडौं, ४ असार । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इजरायललाई चेतावनी दिँदै युद्ध सुरु भएको संकेत दिएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले भनेका छन्, ‘पवित्र हैदरको नाममा अब युद्ध सुरु भयो ।’

‘हैदर’ इस्लाम धर्ममा हजरत अलीको अर्को नाम हो, जसलाई शिया मुस्लिमहरूले पहिलो इमाम तथा पैगम्बर मोहम्मदको उत्तराधिकारीका रूपमा मान्ने गर्छन् । खामेनीले यो नाम उल्लेख गर्दै इजरायलविरुद्ध धार्मिक तथा भावनात्मक सन्देश दिएको सीएनएनले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले सोसल मिडियामा ‘बिनासर्त आत्मसमर्पण गर’ भनी चेतावनी दिएका थिए ।

सर्वोच्च नेताको यस्तो अभिव्यक्तिले मध्यपूर्वमा बढ्दो तनावलाई झनै उकास्ने अनुमान गरिएको छ । हालैका दिनहरूमा गाजा क्षेत्रमा इजरायली आक्रमण बढेसँगै इरानले विभिन्न माध्यमबाट इजरायलको विरोध गर्दै आएको छ । खामेनीको चेतावनीपछि क्षेत्रीय संघर्ष अझ चर्किने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस