बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
४ असार २०८२
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ असार । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज चाँदीले भने नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा नौ सय रुपैयाँले बढेको हो । योसँगै  प्रतितोला १ लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको चाँदी आज बढेर २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस