१ किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ

अनलाइनसमय |
४ असार २०८२
१ किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, ४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छन् । मंगलबार राति ५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन् ।

उनको साथबाट १ किलो १५९ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति काठमाडौं आइपुगेकी थिइन् । प्रहरीका अनुसार जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी परेपछि पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस