सामान्य अङ्कले घट्योे नेप्से, ९ अर्बको कारोबार

अनलाइनसमय |
४ असार २०८२
सामान्य अङ्कले घट्योे नेप्से, ९ अर्बको कारोबार

काठमाडौं, ४ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ०७ अङ्कले घटेर दुई हजार ६५३ दशमलव ६८ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८८ धितोपत्रको शेयर मूल्य बढ्दा १५९ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार हाइड्रोपावर शून्य दशमलव ५३, उपसूचक शून्य दशमलव ३९, अन्य शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव १६, म्युचुअल फण्ड शून्य दशमलव ३ र लगानी समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

विकास बैंक १ दशमलव १९, होटेल तथा पर्यटन १ दशमलव १६, व्यापार शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ४९, माइक्रोफइनान्स शून्य दशमलव ४६, फाइनान्स शून्य दशमलव ३९ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले ह्रास आएको छ ।

आज पियोर इनजीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै जोशी हाइड्रोपावर डेभलपमेण्ट ९ दशमलव ९, यूनियन हाइड्रोपावर ९ दशमलव २२, सिङ्गटी हाइड्रो इनर्जी ८ दशमलव ०९ र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ०५ प्रतिशतले बढेको छ ।

आज कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै सप्तकोशी डेभलपमेण्ट बैंक ९ दशमलव ३, भुगोल इनर्जी डेभलपमेण्ट ४ दशमलव ७२, सामुदायिक लघुवित्त ४ दशमलव ४३ र ग्रिन डेभलपमेण्ट बैंकको शेयर मूल्य ४ दशमलव १८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस