काठमाडौं, ४ असार । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनासम्ममा सार्वजनिक ऋणको दायित्व साढे २६ खर्ब नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको शूरूमा तिर्न पर्ने बाँकी ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । आवको ११ महिनामै २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँ ऋण थपिएर जेठ मसान्तसम्ममा २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड तथा बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड रुपैयाँ रहेको छ । गत साउन १ गतेसम्म यस्तो ऋण क्रमशः ११ खर्ब ८० अर्ब ९० करोड र १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४३ दशमलव ४७ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण जीडीपीको ४७ दशमलव ९४ र बाह्य ऋण ५२ दशमलव ०६ प्रतिशत छ ।