काठमाडौं, ५ असार । पछिल्ला वर्षहरुमा सुदूरपश्चिम प्रदेशमा कृषि उपजले ढाकेको क्षेत्रफल घट्दै गएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । प्रदेशमा रहेको खेतीयोग्य जमिनको खण्डीकरण, युवाहरुको कृषि क्षेत्रप्रतिको विकर्षण तथा वैदेशिक रोजगारीको बढ्दो मोह, पहाडी तथा हिमाली भेगबाट शहरी क्षेत्रमा बसाई–सराई लगायतका कारणले यस्तो भू–क्षेत्रमा गिरावट आएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको ‘अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ मा चालू आर्थिक आवको पुस मसान्तमा सुदूरपश्चिम प्रदेशमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफलमा २ दशमलव ८५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो क्षेत्रफल ४ दशमलव २५ प्रतिशतले कमी आएको थियो ।
प्रदेशमा खाद्य तथा अन्य बाली समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ३ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लोवर्षकोसोही अवधिमा यस्तो क्षेत्रफलमा ५ दशमलव ७५ प्रतिशतले ह्रास आएको थियो ।
राष्ट्र बैंकका अनुसार पुससम्ममा मकै ३ दशमलव ९७ प्रतिशत, कोदो ८ दशमलव ३७, फापर १६६ दशमलव ६३, दलहन ६.४४, र उखुको क्षेत्रफल शून्य दशमलव ४० प्रतिशतले वृद्धि भएको छ भने धान, आलु, भटमास र तेलहनको क्षेत्रफल क्रमशः ३ दशमलव २८ प्रतिशत, १३ दशमलव ५६ प्रतिशत, २ दशमलव ०८ प्रतिशत र २ दशमलव १६ प्रतिशतले ह्रास आएको छ । खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलको ५२ दशमलव ६९ प्रतिशत भु–भागमा धान र १४ दशमलव ५२ प्रतिशतमा मकै खेती रहेको रहेको प्रतिवेदनमा उल्लेख छ ।
तरकारी तथा बागवानी समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल २७ हजार ३२ हेक्टर रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ दशमलव २५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १२ दशमलव ३२ प्रतिशतले वृद्धि भएको थियो ।
बढ्यो उत्पादन
अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा कृषि उपजले ढाकेको क्षेत्रफल घट्दै गएएता पनि उत्पाद भने बढेको देखिएको छ । यस प्रदेशमा पुससम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलपूmल तथा मसला) को उत्पादन २ दशमलव २६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा समग्र कृषि बालीको उत्पादनमा शून्य दशमलव ९५ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिमा यस प्रदेशको कृषि वालीले ढाकेको क्षेत्रफलमा केही कमी आएतापनि कृषिमा बढेको व्यावसायिकता, सिँचाईमा भएको विस्तार, चक्लाबन्दी तथा बेमौसमी तरकारी खेतीमा आकर्षण लगायतका कारणले प्रमुख कृषि बालीको उत्पादनमा वृद्धि भएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
अध्ययनअनुसार चालू आवको पुससम्ममा खाद्य तथा अन्य बाली समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ०.९८ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन र धानको उत्पादन क्रमशः १७ दशमलव ०१ प्रतिशत र ५ दशमलव ०९ प्रतिशतले बढेको छ छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७१ दशमलव २२ प्रतिशतले कमी आएको छ ।