काठमाडौं, ५ असार । सांसद अमर बहादुर थापाले आगामी आर्थिक वर्षको बजेट किताब सदनमै च्यातेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले जनतामुखि नभइ मन्त्रीमुखि भएको भन्दै किताब च्यातेका हुन् ।
‘यो नेतामुखि र मन्त्रीमुखि बजेट छ, जनताको राजस्वले जनताप्रति उत्तरदायी नलिइ एकाधिकारी कायम गरेकाले यो किताब मलाई मन नपरेकाले मैले सदनभित्रै च्यात्ने अनुमति लिए,’ उनले भने ।
भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।