काठमाडौं, ५ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रभु शाहले सरकारको बजेट विनियोजनप्रति आपत्ति जनाएका छन् । उनले केही नेताको निर्वाचन क्षेत्रमा अत्यधिक बजेट छुट्याइएको भन्दै त्यसले संसदभित्रै असमानता झल्किएको टिप्पणी गरेका हुन् ।
‘नेताजीको क्षेत्रमा ठूलै बजेट खन्याइयो, अरु सांसदहरु हेर्याहेरै जस्तो भयो, जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?,’ उनले प्रश्न गरे, ‘जनताहरु हेरेको हेरै हुने नेताजीहरु मालामाल हुने, यो असमान्ता देखिएको छ ।’
उनले संसदमा असन्तुष्टि व्यक्त गर्दै बजेट वितरणमा निष्पक्षता र समावेशिता हुनुपर्ने माग राखे ।