काठमाडौं, ५ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ७६ अङ्कले घटेर दुई हजार ६२८ दशमलव ९१ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ४७ धितोपत्रको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार सबै समूहको उपसूचकमा ह्रास आएको छ । यसदिन व्यापार समूहको उपसूचक सर्वाधिक ३ दशमलव ८४ ले घटेको छ ।
यस्तै हाइड्रोपावर १ दशमलव २६, अन्य १ दशमलव १२, होटेल तथा पर्यटन १ दशमलव ०२, विकास बैंक शून्य दशमलव ९१, माइक्रोफाइनान्स शून्य दशमलव ९३, फाइनान्स शून्य दशमलव ८१, लगानी शून्य दशमलव ६९, बैंकिन्ङ शून्य दशमलव ३९, जीवन बीमा शून्य दशमलव ३६, म्युचुअल शून्य दशमलव ३२, निर्जीवन बीमा शून्य दशमलव १६ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ९ प्रतिशतले घटेको छ ।
आज पञ्चकन्य माइ हाइड्रोपवार ९ दशमलव ९८, मध्ये भोटेकोशी जलविद्युत् ५ दशमलव ५५, शिव श्री हाइड्रोपावर ४ दशमलव ०४ र पाचथर पावरको शेयर मूल्य ३ दशमलव प्रतिशतले बढेको छ ।
यसदिन तीन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पियोर इनजीको शेयर, रसुवागढि हाइड्रोपावर र भसगोल इनर्जी डेभलपमेण्ट रहेका छन् । यस्तै कर्पोरेट डेभलपमेण्ट बैंक ६ दशमलव ४४ र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्य ५ दशमलव ९ प्रतिशतले ह्रास आएको छ ।