काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ ।
यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो ।
रास्वपाले बैठक बहिस्कार गर्नुअघि राष्ट्रिय प्रजान्तत्र पार्टी (राप्रपा) र रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि सभामुखले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रमम कार्यसूचीबाट हटाएको जानकारी गराए ।