१५ दिनअघि भित्रिएको मनसुन देशभर फैलिन लाग्यो २३ दिन

अनलाइनसमय |
६ असार २०८२
१५ दिनअघि भित्रिएको मनसुन देशभर फैलिन लाग्यो २३ दिन

काठमाडौं, ६ असार । यस वर्ष मनसुन १५ दिनअघि नेपालमा प्रवेश गरे पनि देशभर फैलिन भने २३ दिन लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा मनसुन विस्तारको प्रक्रिया सम्पन्न भएको जानकारी दिएको हो ।

‘यस वर्षको मनसुन प्रणाली आज (जेठ ६) गते (सन् २०२५ जुन २० तारिख) का दिन देशभ फैलिएको छ । नेपालमा यस वर्षको मनसुन जेठ १५ गते (सन् २०२५ मे २९ तारिख) देशको पूर्वी भू–भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएकोमा मिति २०८२/०२/२९ गते (जुन १२ तारिख) मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भाग सम्म विस्तार भएको थियो,’ विभागले बुलेटिनमार्फत् भनेको छ, ‘नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू–भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ, यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस