काठमाडौं, ६ असार । चालू आर्थिक वर्ष (आव)को ११ महिनामा करिब १९ खर्बको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार जेठ मसान्तसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १८ दशमलव ८० प्रतिशत बढी हो । गत आवको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको व्यापार भएको थियो ।
गत जेठसम्ममा निर्यात ७७ दशमलव ७७ प्रतिशतले बढेको छ । गत आवको जेठसम्ममा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको भएको छ ।
यसैगरी आवको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १३ दशमलव १४ प्रतिशत धेरै हो । सो आवमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको भित्रिएको थियो ।
आवको ११ महिनामा नेपाललाई १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । गत आवमा यस्तो घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ भएको थियो ।