काठमाडौं, ८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैका कारण हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागको धेरै स्थानहरूमा तथा बाँकी भू–भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशीका पहाडी भू–भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । साथै देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारीदेखि भारी वर्षा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।