काठमाडौं, ८ असार । पछिल्लो तीन वर्षमै लसुन आयात करिब पाँच गुणाले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा ७ अर्ब २५ करोड ५५ लाख मूल्य बराबरको ५४ हजार १६४ टन लसुन आयात भएको छ, जुन तीन वर्ष अघिको तुलनाा ४९४ दशमलव ७१ प्रतिशत (करिब पाँच गुणा) बढी हो । आव २०७९/८० को जेठसम्ममा १ अर्ब २१ करोड ९९ लाख मूल्य बराबरको १० हजार १०० टन लसुन आयात भएको थियो ।
तथ्याङ्क अनुसार पछिल्ला वर्षमा लसुनको आयात लगातार बढिरहेको देखिन्छ । आव २०७९/८० को जेठसम्ममा १ अर्ब २१ करोडको लसुन आयात भएकोमा आव २०८०/८१ को सो अवधिमा २ अर्ब १० करोडको लसुन नेपाल भित्रिएको थियो । अर्थात सो वर्ष लसुन पैठारी ७२ दशमलव ६२ प्रतिशतले बढेको थियो ।
चालू आवको जेठसम्ममा आयात भएको लसुनमध्ये अधिकाशं चिनियाँ रहेको छ । चीनबाट मात्रै जेठसम्ममा ६ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरको ६३ टन ६८८ टन लसुन नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा चीनबाट १ अर्ब ९५ करोड २५ लाख रुपैयाँ बराबरको लसुन आयात भएको थियो । त्यस्तै चालू आवको ११ महिनामा नेपाले भारतबाट १ अर्ब ६ करोड ७७ लाख मूल्य बराबरको ५ हजार ६०० टन लसुन आयात गरेको छ ।

९४ प्रतिशतले बढ्यो प्याज निर्यात
यसैगरी चालू आवको ११ महिनामा सवा भार अर्बको प्याज आयात भएको छ । विभागका अनुसार जेठसम्ममा ४ अर्ब १५ करोड ४५ लाख मूल्य बराबरको ९६ हजार १०३ टन प्याज निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ९४ दशमलव १३ प्रतिशतले बढी हो । गत आवो ११ महिनामा २ अर्ब १४ करोड मुल्य बराबरको ४९ हजार ९०० टन प्याज नेपाल भित्रिएको थियो ।
नेपालमा अधिकाशं प्याज भारतबाट आउने गरेको छ । चालू आवको ११ महिनामा भारतबाट मात्रै ४ अर्ब ९ करोड मुल्य बराबको ९५ हजार ७०० टन प्याज आयात भएको छ । सो अवधिमा चीनबाट ६० करोड ९७ लाख मूल्य बराबरको ३७२ टन प्याज आयात भएको छ ।