काठमाडौं, ८ असार । चितवनको भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको यो बजेट बजेट अघिल्लो आर्थिक वर्षको भन्दा भन्दा झन्डै १ अर्ब कम हो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, कृषि तथा सहकारी, स्वास्थ्य, शिक्षा, पर्यावरण संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षका लागि वडागत योजनामा सबैभन्दा बढी रु. ९४ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ, जसअन्तर्गत प्रत्येक वडामा न्यूनतम रु.३ करोड २१ लाखदेखि अधिकतम रु. ३ करोड ४० लाखसम्म बजेट छुट्याइएको छ ।
त्यसपछि दोस्रो ठूलो विनियोजन ७८ करोड रुपैयाँ नगरपालिकाको प्रशासनिक सेवा प्रवाह तथा पूर्वाधार निर्माणका लागि गरिएको छ । जसअन्तर्गत सडक, भवन, ट्राफिक व्यवस्थापन र स्मार्ट प्रविधिको विस्तार समावेश छन् । शिक्षा क्षेत्रका लागि १० करोड ५० लाख रपैयाँ छुट्याइएको छ, जसमा गुणस्तरीय कक्षा, छात्रवृत्ति, विशेष विद्यालय र शिक्षा पहुँच विस्तार समावेश छन् ।
त्यस्तै कृषि तथा पशुपालनको प्रवद्र्धनमा ९ करोड बजेट विनियोजन गरिएको छ । यसमा मल बीउ अनुदान, आधुनिक उपकरण खरिद, पशु सेवा केन्द्र सुदृढीकरण र एग्रो टुरिजम प्रवद्र्धनजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ । स्वास्थ्य क्षेत्रमा ३ करोड बजेट विनियोजन गरिएको छ, जसमा मोबाइल हेल्थ क्लिनिक, महिला स्वास्थ्य, खोप कार्यक्रम र वैकल्पिक चिकित्सा समावेश छन् ।
सामाजिक सुरक्षाका कार्यक्रमहरू (अशक्त, दलित, महिला, जेष्ठ नागरिक आदि लक्षित) का लागि रु ३५ करोड छुट्याइएको छ । यसबाहेक विपद् व्यवस्थापनको लागि रु. १ करोड ५० लाख, सहकार्य कोष (एएए) को लागि रु. १४ करोड, सूचना प्रविधिमा आधारित स्मार्ट सेवा र डिजिटल प्रणाली विस्तारका लागि रु. ५० लाख र महिला, दलित तथा समावेशीकरण कार्यक्रमका लागि रु. १ करोड ५० लाख बजेट छुट्याइएको छ ।
क्षेत्रगत बजेट विनियोजन :
