अमेरिकाले इरानमाथि गरेको आक्रमणपछि बढ्यो विश्वबजारमा तेलको मूल्य

अनलाइनसमय |
९ असार २०८२
अमेरिकाले इरानमाथि गरेको आक्रमणपछि बढ्यो विश्वबजारमा तेलको मूल्य

काठमाडौं, ९ असार । अमेरिकाले आइतबार इरानका तीनवटा आणविक केन्द्रमा गरेको आक्रमणको असर विश्व बजारमा देखा पर्न थालेको छ । वाशिङ्टनको सैन्य कारबाहीपछि आइतबार रातिदेखि वॉल स्ट्रिटमा तेलको भाउ उकालो लागेको हो ।

अमेरिकी क्रुड तेलको मूल्य ३.६ प्रतिशतले बढ्दै प्रति ब्यारेल ७६ डलर ४७ सेन्ट पुगेको छ भने अन्तर्राष्ट्रिय मूल्य मापदण्ड ब्रेन्ट क्रुड ३.२ प्रतिशतले बढेर प्रति ब्यारेल ७४ डलर ५९ सेन्ट पुगेको सीएनएनले जनाएको छ ।

तेलको मूल्यवृद्धिपछि विश्व आर्थिक बजारमा अस्थिरता देखिएको छ । अमेरिकी सेयर बजार प्रभावित भएको छ । डाउ जोन्स फ्युचर्स २५० अंक (०.६%) ले घटेको छ भने एस एन्ड पी ५०० र नास्ड्याक फ्युचर्स क्रमशः ०.६% र ०.७% ले घटेका छन् ।

यसबिच अमेरिकी डलर भने ०.३% ले बढेको देखिएको छ । तेल मूल्य वृद्धिका कारण विकासशील देशमा इन्धनको मूल्य वृद्धि र मुद्रास्फीति बढ्ने जोखिम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस