काठमाडौं, ९ असार । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभंश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।